लसएञ्जलस । अमेरिकन गायिका सेलेना गोमेजको बिकिनी लगाएको तस्बिरले सामाजिक सञ्जालमा महत्व पाएको छ ।
२६औँ जन्मदिनका क्रममा उनी कन्सर्ट र डुंगा सवारीमा रमाइन् । तस्बिरहरूलाई इन्स्टाग्राममा उनले सेयर गरेकी छिन् ।
अगस्ट १५ मा सेयर गरिएका सेल्फी तस्बिरहरूमा उनी बिकिनीमा देखिएकी छिन् । उनी घुमफिरका लागि कुन स्थानमा गएकी हुन् भन्ने खुलाइएको छैन ।
सेलेनाले आफ्नो उत्कृष्ट समय बिताइरहेकी छिन् । तस्बिरमा उनका साथीभार्इ पनि र्छनन् । एउटा तस्बिरमा उनले नीलो र हरियो बिकिनी लगाएकी छिन् ।
सेलेना आफ्नो नयाँ एल्बमको तयारीमा व्यस्त छिन् । उनले आफ्नो जन्मदिनका अवसरमा छुट्टी निकालेर साथीहरूसँग रमाइलो गरेकी हुन् । एजेन्सी

















प्रतिक्रिया