१ कार्तिक २०८३, शनिबार

राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन भएको छ । ८० वर्षीय अन्नानको शनिबार निधन भएको हो । उनी सन् २००१ का नोबेल शान्ति पुरस्कार विजेता पनि हुन् ।

अन्नान केही समयदेखि सामान्य बिराम थिए । सामान्य बिरामी भएका उनको शनिबार निधन भएको उनको फाउन्डेसनले जनाएको छ ।

उनले सन् १९९७ देखि २००६ सम्म सफलतापूर्वक महासचिवको नेतृत्व सम्हालेका थिए । अन्नान घानाका भएपनि निधन स्विट्जरल्यान्डको जेनेभामा भएको छ ।