
काठमाडौं, २ भदौ । नव नियुक्त पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
इस्लामावादस्थित प्रेसिडेन्ट हाउसमा आयोजित एक विशेष कार्यक्रमकाबीच उनले शपथ ग्रहण गरेका हुन् । उनलाई राष्ट्रपति ममुन हुसेनले शपथ ग्रहण गराए ।
उनी पाकिस्तानका २२ औं प्रधानमन्त्री हुन् । पूर्व क्रिकेटर समेत रहेका खानको पार्टीले सानादलहरुसँग गठबन्धन गरेर उनलाई प्रधानमन्त्री बनाएको हो ।
नेशनल एसेम्बलीमा भएको चुनावमा पाकिस्तान मुस्लिम लिगका अध्यक्ष शाहज शरीफलाई पराजित गर्दै खान प्रधानमन्त्री बनेका हुन् ।















प्रतिक्रिया