५ कार्तिक २०८३, बिहिबार

‘मह’को फिल्म अस्वीकार गरिन् अभिनेत्री मनीषाले

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकन पैसाबाट सञ्चालित भन्दै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह सञ्चार नामक संस्थाको विरोध भइरहेका बेला बलिउड अभिनेत्री मनीषा कोइरालाले पनि महले निर्माण गर्न लागेको फिल्म खेल्न अस्वीकार गरिदिएकी छिन् । कोइरालाले फिल्म खेल्न अस्वीकार गरेपछि अर्की अभिनेत्री निरुता सिंहलाई खेलाउने पक्का भएको छ ।

मह सञ्चारले ‘दाल भात तरकारी’ नामक फिल्म बनाउन थालेको छ । माओवादी सशस्त्र द्वन्द्वका बेला मह सञ्चारले अमेरिकनहरूसँग करोडौँ रुप्यिाँ लिएर टेलिसिरियल बनाएका थिए ।

‘दाल भात तरकारी’मा नायिका स्वस्तिमा खड्का र नायक पुष्पल खड्काले पनि अभिनय गर्नेछन् । मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गर्न लागेको चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठले पनि अभिनय गर्नेछन् । फिल्ममा किरण केसी, शिवहरि पौडेल, विल्सन विक्रम राई लगायतका कलाकार पनि रहनेछन् ।

मह सञ्चारले बनाउन लागेको यो फिल्ममा खेल्नका लागि अभिनेत्री मनीषा कोइरालालाई प्रसताव गरिएको थियो । हाल मुम्बईमा रहेकी मनीषा कोइरालाले फिल्म खेल्न अफर अस्वीकार गरेकी छिन् । उनी बलिउडमै व्यस्त छिन् । मनीषा कोइरालाले अस्वीकार गरेपछि सोही भूमिका निरुतालाई अफर गरिएको छ ।