२९ आश्विन २०८३, बिहिबार

जैकलीनको ग्ल्यमरमा मेकअपको ‘ब्रेक’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3 ko 2मुम्बई । चलचित्र अभिनयमा आफ्नो ग्ल्यामर छवि बनाएर दर्शक रिझाउन सफल अभिनेत्री जैकलीन फर्नाडीज अबपर्दामा बिना मेकअफ देखिने भएकी छन् ।

चलचित्र ‘ब्रदर्स’मा उनी बिना मेकअफ देखिन लागेकी हुन् । यो चलचित्रमा पनि आफू ग्ल्यामर लुक्कमै देखिन लागेको उनले बताइन् ।

‘यसमा मेरो धेरे खालको भुमिका छ’, जैकलीनले भनिन्, ‘केही भूमिकाका लागि बिना मेकअफमा समेत देखिदैछु ।’

इमान्दारिका साथ पर्दामा आफ्नो भूमिका निर्बाह गर्न बिना मेकअफ देखिन लागेको उनले खुलाइन् । अक्षय कुमार, सिद्धार्थ मल्होत्राका साथमा जैकी श्रापपनि यसमा मुख्य भूमिकामा छन् ।

करण जैहरले निर्माण गरेको यो चलचित्र ३१ जुलाईमा सार्वजनिक प्रदर्शनमा आउदैछ ।

केही पहिले साजित नाडियाडवालको चलचित्र ‘किक’मा सलमान खानकासाथ देखिएकी श्रीलंकन मुलकी यी सुन्दरी सन् २००९ मा निर्मित सुजाय घोषकी चलचित्र ‘आलदीन’बाट बलिउड करियर सुरु गरेकी हुन् ।

त्यसयता उनले साजिद खान, मोहित सुरी ,अब्बास मस्तान जस्ता निर्देशकका साथ काम गरिसकेकी छन् । ‘ब्रदर्स’मा आफ्नो यस अगाडीको चलचित्र भन्दा भिन्न अभिनय हेर्न पाइने उनको भनाइ छ ।