गजुरी (धादिङ), ३ माघ । एक वर्षअघि घरेलु हिंसाबाट घर निकाला गरिएकी साङकोषकी प्रतिमा लम्साललाई मासिक रुपमा मानाचमलबापतको रकम दिन र अभियुक्तलाई जरिवाना गर्न जिल्ला अदालत धादिङले शुक्रबार आदेश दिएको छ ।
नीलकण्ठ नगरपालिका– १२ साङकोष निवासी पलम्सालका श्रीमान् कृष्णप्रसादलाई अदालतले घरेलु हिंसा गरेकामा पाँच हजार, सासू बिन्दादेवी र ससुरा तुलसीप्रसादलाई जनही रु दुई हजार ५ सय जरिवाना गर्न आदेश गरेको हो ।
गत वर्ष पुस ३ गते श्रीमान्, सासू र ससुराले कुटपिट गरी घर निकाला गरेपछि विस्थापित प्रतिमाले उनीहरुविरुद्ध घरेलु हिंसा, मानाचामल, अंश, लिखतबदर, सम्बन्धबिच्छेद, जालसाँजीसमेत गरी छ मुद्दा दायर गरेकी थिइन् । ती सबै मुद्दामा अदालतले प्रतिमाको पक्षमा फैसला गरेको छ ।















प्रतिक्रिया