
काठमाडौं, १ भदौ । यस साता सेयर बजार सुधारिएको छ । यो साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४६.३८ अंकले बढेर अन्तिम दिन १२१०.३२ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ९.६८ अंकले घटेर २५५.३८ अंकमा आएको छ ।
यो हप्ता नेपाल स्टक एक्सचेन्जमा १८५ कम्पनीहरुको कारोबार भएको छ । जसमा २२ हजार ५२० कारोबारबाट १ अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरका ४५ लाख २ हजार ४५० कित्ता सेयरहरु कारोबार भएका छन् । कारोबार रकम गत साताको भन्दा ५६.१० प्रतिशत बढी हो । गत साता १८१ कम्पनीहरुको सेयर किनबेच भएको थियो । जस अनुसार १६३७० कारोबारबाट ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरका ३६ लाख ४७ हजार आठ सय ४० कित्ता सेयरहरु किनबेच भएका थिए ।
यस साता कारोबार रकम (७ करोड ८४ लाख रुपैयाँ) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहन सफल भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (एक लाख ७५ हजार कित्ता) को आधारमा मेगा बैंक लिमिटेड अग्रस्थानमा रहन पुग्यो । त्यसैगरी कारोबार संख्या (१२६५ वटा) को आधारमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड अग्रस्थानमा रह्यो ।
Promoted Content















प्रतिक्रिया