८ कार्तिक २०८३, आइतबार

तीन छोराछोरी हत्या गरेर फरार आमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, ३ माघ । करिब दुई हप्ताअघि आफ्नै तीन छोराछोरीको हत्या गरी फरार भएकी भनिएकी एक आमालाई शुक्रबार सप्तरी प्रहरीले सुनसरीको हरिपुर गाविस–१ बाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तेरहौता गाविस–३ की कुडी भनिने सजनीदेवी सदा रहेको प्रहरीले जनाएको छ ।

उनलाई करिब दुई हप्ताअघि बैरवा गाविसस्थित सप्तकोसी नदीको पश्चिम तटबन्धनको छेउमा रहेको दोभान पोखरीमा आफ्ना तीन छोराछोरीको हत्या गरी फालेको अभियोग लगाइएको छ ।

अभियुक्त कमजोर देखिएकाले इलाका प्रहरी कार्यालय कञ्चनपुरको निगरानीमा राखेर ठेलियामास्थित धर्मेश्वर अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ ।