४ कार्तिक २०८३, बुधबार

सिटिजन्स बैंकको ‘मेरो सिटिजन्स बचत खाता’ सार्वजनिक

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १ भदौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सातै प्रदेशका नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजना ‘मेरो सिटिजन्स बचत खाता’ ल्याएको छ ।

शुक्रबार बैंकको मुख्य कार्यालय नारायणहिटी पथ, दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र ब्रान्ड एम्बेसडर ज्ञानेन्द्र मल्लले संयुक्त रूपमा ‘मेरो सिटिजन्स बचत खाता’ योजना सार्वजनिक गरेका हुन् ।

न्यूनतम मौज्दात रु एक रुपैयाँमै खाता खोल्न मिल्ने ‘मेरो सिटिजन्स बचत खाता’ मा निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क सिटिजन्स स्र्माट (मोबाईल) बैंकिङ सुविधा, अनलाइन कारोवार गर्न सुरक्षित थ्री डी सेक्युर प्रविधिमा निःशुल्क दर्ता, निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, विदेशी मुद्रामा ड्राफ्ट/स्विफ्ट जारी गर्दा ५० प्रतिशत छुट, निःशुल्क आस्वा सेवाजस्ता अनेकन आकर्षक विशेषताहरु उपलब्ध छन् ।

दैनिक मौज्दातमा ७ प्रतिशत व्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी गर्नु योजनाको प्रमुख विशेषता रहेको कुरा बैंकले जानकारी दिएको छ । ग्राहकहरुको सेवालाई मुख्य प्राथमिकता दिने बैंकले आगामी दिनमा अझै उत्कृ्ष्ट बैंकको श्रेणीमा पुग्ने विश्वास लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७९ वटा शाखा, ७१ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।