८ कार्तिक २०८३, आइतबार

राष्ट्रपतिको सक्रियता बढ्न थाल्यो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr_Ram_Baran_Yadavकाठमाडौं, ३ माघ । संविधान जारी गर्ने समयसीमा नजिकिँदै गरेका बेला राष्ट्रपति डा.रामवरण यादवले पनि सक्रियता देखाएका छन् ।

डा.यादवले सहमतिबाट संविधान जारी गर्नुपर्ने भन्दै दलका नेताहरूलाई घचघच्याउने गरेका छन् ।

यसै क्रममा उनले सत्तारुढ र विपक्षी दलहरूसँग आज परामर्श गर्दैछन् ।

छलफलका लागि राष्ट्रपति डा.यादवले कांग्रेस, एमाले, एमाओवादी, मधेसी मोर्चालगायतलाई बोलाएका छन् ।

डा.यादवले चार बजे कांग्रेस र एमाले तथा छ बजे एमाओवादी र मधेसी मोर्चाका नेताहरूलाई शीतल निवास बोलाएको स्रोतले जनाएको छ ।

यसअघि प्रधानमन्त्री सुशील कोइराला, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेमवाङ, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतसँग

परामर्श गरेका डा.यादवले सकेसम्म सहमतिमा संविधान जारी गर्न आग्रह गर्दै आएका छन् ।