
काठमाडौं, १ भदौ । आइसीएफसी फाइनान्सले मुनाफाबाट नगद लाभांस बाँड्ने प्रस्ताव राखेको छ । गत आर्थिक वर्ष अघिल्लो वर्षको तुलनामा नाफा कम भएपछि फाइनान्सले लाभांश पनि कम गरेको छ ।
आईसीएफसी फाइनान्सले ७ करोड ५ लाख ७३ हजार नगद लाभांश वितरण गर्ने भएकाे छ । सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको आठ प्रतिशत नगद लाभाशं बाँड्ने प्रस्ताव गरेको हो ।
फाइनान्सको चुक्ता पुँजी ८८ करोड २१ लाख ७२ हजार रुपैयाँ छ ।















प्रतिक्रिया