२ कार्तिक २०८३, सोमबार

४४ मेगावट क्षमताकाे जलविद्युत आयोजनामा आठ बैंकले लगानी गर्ने

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । सुपर मादी जलविद्युत आयोजनामा सानिमा बैंकको नेतृत्वमा विभिन्न आठ वाणिज्य बैंकहरुले लगानी गर्ने भएका छन् । मादी जलविद्युत आयोजना कास्की जिल्लामा पर्छ । कुल ४४ मेगावट क्षमताकाे यस आयोजनामा आठ बैंकहरुले ५ अर्ब ७५ करोड लगानी गर्ने भएका हुन् ।

आयोजनाकाे सम्झौतापत्रमा सुपर मादी हाइड्रोपावरका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुङ्गाना र सानिमा बैंकका कार्यकारी अधिकृत भुवन दाहालले हस्ताक्षर गरेका छन् ।

आयोजना आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाकाे कुल लागत ७ अर्ब ६५ करोड बताइएको छ ।

सानिमा बैंकले आयोजनामा सबैभन्दा बढी लगानी गर्नेछ । उसले एक अर्ब २५ लाख लगानी गर्नेछ । त्यस्तै एनआइसी एशिया बैंकले ८५ करोड, एनसिसी बैंकले ७५ करोड, सनराइज बैंकले ७५ करोड कुमारी बैंकले ७० करोड, कृषि विकास बैंकले ६० करोड, राष्ट्रिय वाणिज्य बैंकले ६० करोड र प्रभु बैंकले ५० करोड रुपैयाँ गर्ने बताइएको छ । बाँकी रहेको रकम लगानीकर्ताले नै लगानी गर्नेछन् ।