२ कार्तिक २०८३, सोमबार

नेप्सेमा सामान्य सुधार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ साउन । सेयर बजारमा बिहीबार सामान्य अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ०.६१ बिन्दुले बढेर एक हजार २१० मा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.०२ बिन्दुले घटेको छ ।

कूल १६६ कम्पनीको १३ लाख ६१ हजार ६२७ कित्ता शेयर ४५ करोड ५२ लाख ४३ हजार ७८५ मूल्यमा खरीद बिक्री भएको छ ।

स्टकका अनुसार आज दुई उपसमूहको शेयर बढ्दा अन्य उपमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ४.१ र उत्पादन ७७.३२ बिन्दुले बढेको छ । यस्तै व्यापार ३.७१, होटल २७.२५, विकास बैंक २.५३, जलविद्युत् १६.७७, फाइनान्स २.७५, निर्जीवन बीमा २०.७७, अन्य २.६४, माइक्रोफाइनान्स १३.७८ र जीवन बीमा २९.८७ बिन्दुले घटेका छन् । -रासस