८ कार्तिक २०८३, आइतबार

बन्द सफल पार्न प्रशिक्षण दिँदै प्रचण्डले भने, ‘आन्दोलनको नेतृत्व म आफैँ गर्छु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

ललितपुर, २ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको खन्ना गार्मेन्टमा कार्यकर्ताहरुलाई गोप्य प्रशिक्षण दिनुभएको छ ।

शुक्रबार उपत्यकाका अगुवा कार्यकर्ता भेला पारेर प्रचण्डले पार्टीले आयोजना गरेका बन्द, हडताल र पार्टीका विरोध कार्यक्रम सफल पार्न कार्यकर्तालाई प्रशिक्षण दिनुभएको हो । कार्यकर्ताहरुलाई उत्प्रेरित गर्दै उहाँले भन्नुभयो, “संविधानसभाभित्र म आफैँ नै अगाडि बढेर आन्दोलनको नेतृत्व गर्छु र माघ ६ गतेको हड्तालमा पनि म आफैँ सडकमा आउँछु ।”

जनताको पक्षमा संविधान निर्माण गर्न सडकबाट दबाब दिनुको विकल्प नरहेको बताउँदै अध्यक्ष दाहालले आन्दोलनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।

उहाँले नेकपा–माओवादी र जनजाति मोर्चा पनि आन्दोलनमा सहकार्य गर्नुले परिवर्तनकारी शक्ति एकताबद्ध र मजबुद बन्दै गएको धारणा राख्नुभएको थियो ।

कार्यक्रममा एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले विगतका उपलब्धि गुम्न लागेको बताउँदै पार्टीको अन्तरविरोध बिर्सिएर एकताबद्ध भई आन्दोलनमा लाग्न कार्यकतालाई निर्देशन दिनुभयो ।