११ कार्तिक २०८३, बुधबार

अभिनेता राजेश हमालले गरे फ्लाइटेकको शाखा उद्घाटन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३० साउन । फ्लाइटेक इन्टरनेशलले काठमाडौंको चुच्चेपाटीस्थित केएल टावरमा शाखा विस्तार गरेको छ । एयर होस्ट्रेस बन्न चाहनेहरुलाई प्रशिक्षण प्रदान गर्दै आएको फ्लाइटेकको उक्त शाखा बुधबार अभिनेता राजेश हमालले उद्घाटन गरे ।

केएल टावरको पाँचौ तलामा फ्लाइटेकको शाखा उद्घाटन गर्दै अभिनेता हमालले एयर होस्टेस प्रशिक्षण दिने उत्कृष्ट इस्न्टिच्युट बनेकामा फ्लाइटेकलाई बधाई दिए ।
सन् २००६ मा राजधानीको न्युप्लाजाबाट नाजिर हुसैनले फ्लाइटेक सुरु गरेका हुन् ।

आगामी दिनमा फ्लाइटेकले एयर होस्टेससम्बन्धी अत्याधुनिक प्रशिक्षण मात्र नभएर हवाई सेवासम्बन्धी सबै प्रकार तालिमहरु पनि दिइने नाजिरले बताए । फ्लाइटेकलाई अत्याधुनिक र सुविधा सम्पन्न गर्नका लागि एयर होस्टेस प्रशिक्षार्थीका लागि २६ सिटको एयरक्राफ्ट नमुना समेत बनाइएको छ ।