
काठमाडौं, ३० साउन । सिभिल बैंक लिमिटेडको नाफामा ह्वात्तै बृद्धि भएको छ ।
बैंकले गत आर्थिक बर्षमा ६४ करोड ५० लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन २०७३ ७४ को तुलनामा ८५ दशमलव २० प्रतिशतले बढी हो ।
त्यसैगरी बैंकको रियल स्टेट कर्जा गत आर्थिक बर्षको तुलनामा ३.३९ प्रतिशतले घटेर १ अर्ब ४३ करोड भएको छ भने आवास कर्जा ३१.७८ प्रतिशतले वृद्धि भएको छ । बैैंकले विदेशी विनिमय कारोबारबाट मात्रै १६ करोड ९१ लाख आम्दानी गरेको छ, जुन गत वर्षको तुलनामा ७० दशमलव ६७ प्रतिशतले बढी हो ।
बैंकले निक्षेपमा पनि १६ दशमलव ८८ प्रतिशतले वृद्धि गरी ४० अर्ब १ करोड संकलन गरेको छ भने कर्जा प्रवाह गत ३३.७१ प्रतिशतले वृद्धि भएको छ । कर्जा प्रवाह ३९ अर्ब ४६ करोड पुगेको बैंकले जनाएको छ । यस्तै बैंकको खराब कर्जा अनुपात पनि ३.९८ प्रतिशतबाट घटेर २.६५ प्रतिशत भएको छ ।
बैंकले कर्जा प्रवाहमा गरेको वृद्धि रकम ९ अबै ९४ करोड तथा खुद मुनाफामा गरेको वृद्धि रकम २९ करोड ६७ लाख केही पुराना तथा ठूला बैंकहरुको भन्दा पनि बढीे छ ।
आर्थिक बर्ष २०७४÷७५को मसान्तसम्म २ लाख ५० हजार भन्दा बढी ग्राहकहरु रहेको सिभिल बैंकको कुल शाखा संख्या ६८ पुगेकोे छ ।















प्रतिक्रिया