५ कार्तिक २०८३, बिहिबार

राजधानीमा ‘इवीजा फेसन नाइट २०१८’ हुने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘मोडलिङ जगतको सम्मान र नेपाली फेसनको प्रवर्द्धन’ गर्ने उदेश्य सहित राजधानीमा ‘इवीजा फेसन नाइट २०१८’ आयोजना हुने भएको छ ।

८ सेप्टेम्बर अर्थात भदौ २३ गते ‘इवीजा लाउन्ज’ ठमेलमा आयोजना हुने फेसन नाइटमा १४ फिमेल र ४ मेल मोडलले र्‍याम्पमा देखिन्छन् । प्रवर्द्धन र व्यवस्थापन गर्दै फेसनबारे सर्वसाधारणलाई जानकारी दिने उदेश्य फेसन नाइटको रहेको आयोजक इवीजा लाउन्ज प्रोपाइटर राजुु दनईले जानकारी दिए ।

पार्टीवेयर, वेडिङ लगायत थिममा ४ फेसन डिजाइनरले तयार गरेको विभिन्न आधुनीक पहिरन मोडलले कोरियोग्राफर सृजना रेग्मीको कोरियोग्राफीमा र्‍याम्पमा प्रस्तुत गर्नेछन् ।

इवीजा फेसन नाइटमा सहभागी हुने मोडल छान्ने उदेश्यले मंगलबार राजधानीमा मोडल सेलेक्सन अडिसन समेत भएको थियो । मोडल अभिनेत्री सृजना रेग्मी, सुपर मोडल सविता कार्की, मोडल मनचिज शाक्य, नेक्स्ट मोडल नेपालका सिइयो रवी धमला लगायत छनौट अडिसनको निर्णायकमा रहेका थिए ।

१४० बढी नयाँ तथा पुराना मोडल सहभागी अडिसन राउन्डबाट फेसन नाइटका लागि १४ महिला मोडल छानिएका छन् । उत्कृष्ट भन्दा पनि उत्कृष्ट मोडल फेसन नाइटका लागि अडिसनमार्फत छानिएको आयोजकको भनाई रहेको छ ।