
सल्यान, ३० साउन । सल्यानमा एक जना बेवारिशे पुरुष फेला परेका छन् । साउन २८ गते जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा शारदा नदिले बगाउदै गर्दा देखे पछि यहाँका स्थानीयवासीले उनको उद्दार गरेका थिए ।
पुरुषको उद्दार पछि उनिलाई प्रहरीमा बुझाईएको थियो । पुरुषको उद्दार पछि प्रहरीले उनको जिल्ला अस्पताल सल्यानमा उपचार समेत गरेको छ ।
उपचार पछि उनलाई मानव अधिकार वकालत केन्द्र रेसद्दारा संचालित अल्पकालीन सुरक्षित आवास गृहमा राखिएको छ । बोल्न नसक्ने भएकाले उनको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । उनको आप्mन्तको खोजी भई रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया