१ कार्तिक २०८३, आइतबार

भारत र अमेरिकामा राजूदत नियुक्त, अन्य देशमा पनि भागबण्डा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singhadurbar

काठमाडौं, २ माघ । काँग्रेस र एमालेबीचको सहमतिपछि नेपाल सरकारले भारत र अमेरिकाको राजदूत नियुक्ति गरेको छ ।

सरकारले भारतका लागि पूर्व अर्थराज्यमन्त्री एवं काँग्रेस केन्द्रीय सदस्य दीपकुमार उपाध्याय र अमेरिकाका लागि गैरसरकारी एमालेबाट अर्जुन कार्कीको नाम सिफारिस गरेको हो । कार्की एमालेका पूर्व विद्यार्थी नेता एवं गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष हुन् । उनले आरआरएन नामक गैरसरकारी संस्था संचालन गर्दै आएका छन् । कार्की राजदूत भन्दा पनि सार्क सचिव हुन चाहन्थे ।

मन्त्रिपरिषदको शुक्रबारको बैठकले गरेको यो निर्णयलाई संसदीय सुनुवाई समितिले अनुमोदन गर्नेछ । छिमेकी भारत र शक्तिशाली अमेरिकासहित १० वटा देशमा विगत लामो समयदेखि राजदूत रिक्त थियो ।

सत्तासाझेदार नेपाली काँग्रेस र नेकपा एमालेबीच लामो समयदेखि रिक्त राजदूत नियुक्तिमा केही दिनअघि नै सहमति जुटेको थियो ।

लामो समयदेखि राजदूत रिक्त रहेको देश छिमेकी भारतसहित अमेरिका, बेलायत, कतार लगायतका सात देशमा राजदूत नियुक्तिबारे काँग्रेस र एमालेबीच सहमति जुटेको खबर दैनिक नेपाल डटकमले यसअघि नै प्रकाशित गरेको थियो । सात देशमध्ये काँग्रेसले चार र एमालेले तीनवटा देशमा राजदूत लिने सहमति भएको स्रोतको दाबी थियो ।

भारत लगायतका देशमा काँग्रेसले र अमेरिका र कतारमा एमालेले राजदूत पठाउने सहमति भए पनि अन्य देशमा शुक्रबार राजदूत नियुक्त हुन सकेन । काँग्रेस र एमालेको शीर्ष तहमा थप छलफल बाँकी रहेकाले अन्य देशमा पनि छिट्टै राजदूत नियुक्ति हुने एमालेका एक मन्त्रीले जानकारी दिए ।