
काठमाडौं, ३० साउन । सानिमा माई हाइड्रोलेले गत आर्थिक वर्षमा खुद नाफा बढाएको छ । हाइड्रोले सार्वजनिक गरेको आर्थिक विवरणअनुसार गत आर्थिक वर्ष ३० करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष उसले २८ करोड ३६ लाख खुद नाफा कमाएको थियो । यससँगै हाइड्रोले ८.३८ प्रतिशत नाफा बढाएको हो ।
हाइड्रोले ८७ करोड ३४ लाख गरेको छ । हाइड्रोले विद्युत बेचेरै ७८ करोड ९६ लाख रुपैयाँ कमाएको छ । यो विद्युत विक्रीबाट भएको आम्दानी अघिल्लो वर्षभन्दा लगभग १ करोड कम हो ।
हाइड्रोको पूँजीको अनुपातमा आम्दानी नबढ्दा इपीएसमा पनि कमी आएको छ । हाइड्रोको प्रति सेयर आम्दानी (इपीएस) २६ रुपैयाँबाट घटेर १४ रुपैयाँमा ओर्लिएको छ ।















प्रतिक्रिया