
झापा, ३० साउन । भारत दार्जिलिङ सिलगुडी घर भएका ४० वर्षीय सतिस अग्रवाल र २४ वर्षीय हितेस अग्रवाल ५० हजार नक्कली नेपाली रुपैयाँ सहित पक्राउ परेका छन् ।
मेची नगरपालिका–६ मेची भन्सार गेट अगाडि भारतबाट नेपालतर्फ आँउदै गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
जाँचका क्रममा सतिसको साथमा एक हजार दरका ३३ थान र हितेसको साथमा १७ थान नक्कली नेपाली रुपैयाँ बरामद भेटिएको थियो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया