
काठमाडौं । बलिउडका चर्चित जोडी रणवीर सिंह र दीपिका पादुकोण पछिल्लो समय मिडियामा छाइरहेका छन् । केही दिनदेखि यी दुईको बिहेलाई लिएर मिडियाहरुले खबर बनाइरहेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार रणवीर सिंह लामो समयदेखि दीपिकासँग बिहे गर्न आतुर छन् । खबरका अनुसार यसै वर्ष नोभेम्बरमा इटालीमा उनीहरुले बिहे गर्नेछन् । एक रिपोर्टका अनुसार रणवीर-दीपिकाको बिहे २० नोभेम्बरमा हुनेछ ।
Great couple! Great locale in Italy! Great event!
Wishing @RanveerOfficial and @deepikapadukone a wonderful wedding, and a lifetime of happiness. ? https://t.co/pPY6gBol8Z— KABIR BEDI (@iKabirBedi) August 13, 2018
उनीहरुको बिहे २० नोभेम्बरमै हुने अभिनेता कबीर बेदीले जानकारी दिएको हिन्दी डट न्यूज ट्वान्टी फो अनलाइन उल्लेख गरेको छ । हालै कबीर बेदीले सामाजिक सञ्जालमा उनीहरुलाई बधाईसमेत दिइसकेका छन् ।
यी दुईले इटालीमा बिहे गरिसकेपछि मुम्बईमा रिसेप्सन पार्टी दिने बताइएको छ ।















प्रतिक्रिया