२१ कार्तिक २०८३, शनिबार

कारागारबाट भागे कैदी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भद्रपुर, २८ साउन । जिल्ला कारागार झापाबाट गौरादह नगरपालिका–८ जुरोपानीका २४ वर्षीय उमेश माझी फरार भएका छन् । गत २०७१ साल असार ७ गतेदेखि जबर्जस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका माझी आइतबार अपराह्न फरार भएको कारागार प्रमुख यज्ञराज निरौलाले बताए ।

उनका अनुसार अपराह्न ३ बजेसम्म माझी कारागारमै रहेकोे सिसी क्यामेराले देखिएको थियो । आइतबार साँझदेखि फरार माझीको खोजीमा प्रहरी परिचालन गरिएको छ । -रासस