४ कार्तिक २०८३, बुधबार

आइएमई इन्स्योरेन्स र सिपी अस्पतालबीच नगद रहित सेवा सम्झौता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २८ साउन । स्वास्थ्य सेवामा ग्राहकको पहुँ सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सिपी अस्पताल प्रालि धनगढी, कैलालीबीच सम्झौता भएको छ ।

आफ्ना ग्राहकलाई नगद रहित अन्तरंग सेवा प्रदान गर्ने सहकार्यका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमासम्म सिपी अस्पताल प्रालि धनगढी, कैलालीबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र सिपी अस्पताल प्रालि धनगढी, कैलालीका तर्फबाट अस्पतालका प्रशासकीय निर्देशक विकाश मौनीले हस्ताक्षर गरेका छन् ।