५ कार्तिक २०८३, बिहिबार

‘भारत’मा दिशा होइन यी अभिनेत्री बन्दैछिन् सलमानकी बहिनी !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउड सुपरस्टार सलमान खान यतिबेला बहुप्रतिक्षित फिल्म ‘भारत’को शूटिङमा व्यस्त छन् । फिल्म शूटिङका लागि टीम माल्टामा भइरहेको छ । केही दिनअघि सलमान शूटिङका लागि माल्टा गएका थिए । फिल्मबाट अभिनेत्री प्रियंका चोपडा बाहिरिएकी थिइन् । जसले उनलाई चर्चामा समेत ल्यायो । जसपछि फिल्ममा कट्रिनाको इन्ट्री भयो । फिल्ममा दिशा पटनी पनि छिन् । दिशाको भूमिका पनि महत्वपूर्ण हुने बताइएको छ । यसबाहेक सलमानको बहिनीको भूमिकामा दिशाले अभिनय नगर्ने खबर समेत बाहिरिएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिशा फिल्ममा सलमानकी बहिनीको भूमिका निभाउने छैनन् । रिपोर्टलाई मान्ने हो भने फिल्ममा दिशा होइन तब्बूले सलमानकी बहिनीको रोल गर्दैछिन् । बताइएअनुसार तब्बूको भूमिका छोटो रहनेछ । रिपोर्टका अनुसार फिल्ममा दिशा सलमानको लभ इन्ट्रेस्टको भूमिकामा हुनेछिन् ।

उता कट्रिना पनि सलमानसँग रोमान्स गर्नेछिन् । तब्बू यसअघि फिल्म ‘जय हो’मा पनि सलमानको बहिनी बनिसकेकी छन् । यस फिल्मको शूटिङ भइरहेको छ । फिल्मलाई अब्बास जफरले निर्देशन गरिरहेका छन् ।