४ कार्तिक २०८३, बुधबार

माछापुच्छ्रे बैंकका ग्राहकले पनि ‘कनेक्ट आईपीएस’को सेवा लिन पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २८ साउन । माछापुच्छ्रे बैंकले पनि नेपाल क्लियरिङ्ग हाउसको ‘कनेक्ट आईपीएस’ को सदस्यता लिएको छ । अब माछापुच्छ्रे बैंकका ग्राहकले ‘कनेक्ट आईपीएस’ मार्फत भुक्तानी प्रोसेसिङ्ग, अन्तर बैंक रकमान्तर, बिल भुक्तानी, सहज, सरल र सुरक्षित माध्यमबाट गर्न सक्नेछन् ।

यो सेवा उपयोग गर्न ग्राहकहरुले ‘कनेक्ट आईपीएस’मा रजिस्टर गनुपर्नेछ साथै रजिस्ट्रेसनको क्रममा दिएको फारम भरेर बैंकमा बुझाउनुपर्नेछ ।

सेवा सुचारु भएपछि ग्राहकले ‘कनेक्ट आईपीएस’को वेबसाईटमा गई एक लाख सम्मको बिल भुक्तानी र रकमान्तर गर्न सक्नेछन । यदि हितग्राही पनि ‘कनेक्ट आईपीएस’ कै ‘युजर’ भएमा हितग्राहीको मोबाईल नम्बर वा खाता नम्बर प्रयोग गरी रकमान्तर गर्न सकिने बैंकले जनाएको छ । नेपाल सरकारको राजश्व समेत भुक्तानी गर्न सकिने यो सेवा २४ सै घण्टा उपलब्ध रहेको छ ।

बंैकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर लगायत २२ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा १ सय १० स्थानबाट सम्पूर्ण बैकिङ सुबिधा प्रदान गरिरहेको छ । बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा छन् ।