
काठमाडौं, २८ साउन । युभेन्टसका लागि डेब्यू खेलमा क्रिष्टियानो रोनाल्डोले गोल गरेका छन् । उनले खेलको सातौं मिनेटमा गोल गरेका हुन् ।
पोर्चुगिज स्टार रोनाल्डोले युभेन्टसको बी टिमविरुद्ध गोल गरेका हुन् । युभेन्टसको सिनियर टिमले बी टिमलाई ५-० ले हराएको हो । लामो समय रियल मड्रिडका लागि खेलेका रोनाल्डो युभेन्टस गएका थिए ।
मैत्रीपूर्ण खेलमा रोनाल्डोले अर्को एक गोलका लाागि भूमिकासमेत खेलेका थिए । रोनाल्डोले युभेन्टसमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने खेल पण्डितहरुको बताएका छन् ।















प्रतिक्रिया