अब तपाईँहरुसँग संविधान लेखन प्रक्रियामा के के विकल्प छ ?
संविधान सभामा विषयवस्तुहरु प्रवेश गरेको छ । संविधानसभाले आफनो प्रक्रियाले यो गतिलाई अघि बढाउँछ । लोकतन्त्र भनेको पद्यति मात्र होइन, प्रक्रिया हो । लोकतन्त्रवादीहरु प्रक्रियालाई महत्व दिन्छन् र दिनुपर्छ र प्रक्रियागतले गतिलाई कसरी अघि बढाउने एकातिर हामी गम्भीर छलफलमा छौँ भने अर्कोतिर कसरी सहमति सिर्जना गरिन्छ गर्न सकिन्छ, अहिलेको स्थिति निकै गम्भीर छ ।
तर प्रक्रियामा गएर मुलुकले संविधान पाउन सक्छ ?
त्यसलै म भन्दैछु, सबैभन्दा पहिलो कुरा त अहिले हामी इतिहासकै सबै भन्दा संवेदनशील कालखण्डमा छौँ । एउटा इतिहासकै समाप्ती गर्दै लोकतन्त्र, संघियता र गणतन्त्रलाई संस्थागत गर्ने जुन नयाँ प्रारम्भिक चरणमा हामी संविधान निर्माण गर्दैछौँ यस्तो स्थितिमा सबै पक्षको आपसमा सहमति, छलफल र निष्कर्ष निकालेरै संवैधानिक प्रक्रियाबाट संविधान निर्माण गर्नेतिर हामी अघि बढनुपर्छ अब ।
अब के कँग्रेस र एमालेले सहमतिय राजनीति छोडेको हो ?
अब सहमतिको राजनीतिक छोडदा छोडदै पनि जुन अन्तरिम संविधानको भावना छ र स्वयम् संविधान सभाको नियमावली छ । त्यो नियमावली भन्दा बाहिर जाने स्थिती छैन ।
तर एमालेका नेताहरुले प्रष्टरुपमा भनेका छन् , हामी एक ठाउँमा पुगेका छौँ, त्यहाँबाट पछि हटनु हुँदैन भनेका छन् ?
प्रक्रिया निर्धारण गर्ने नियमावलीले नै हो । संविधानसभा नियमावलीले दिएको प्रक्रियाभित्र प्रवेश गर्दागर्दै पनि अर्कोतिर सहमतिको खोजी निरन्तररुपले दुवैलाई अघि बढाउनुपर्ने आजको आवश्यकता छ ।
तपाईंहरुले भन्दैमा सबै दलहरु के प्रश्नावली बनाउन आउलान त ?
प्रश्नवली समिति बनाउँदा नआउने भन्ने हुँदैन । लोकतन्त्रमा विश्वास गर्ने प्रक्रियाका कुनै अंग र नियमित अवधारणलाई अस्वीकार गर्ने हो भने त्यो अत्यन्त गम्भीर प्रश्न हो । होइन भने प्रक्रियामा प्रवेश गर्ने भन्नासाथ अब अहिले कता भनिराखेका छन् मैले सुनेको सोझै प्रस्ताव पेश गर्ने, म आफै पनि भनि राखेको छु त्यो सम्भव छैन । प्रक्रियामा प्रवेश गर्दा पनि प्रक्रियागत रुपले जाँदा खेरि अब संवाद समितिले प्रश्नावली तयार गर्न सकेन चौथोपटकसम्म त्यो असफल भएपछि अब त्यसको विकल्पमा प्रश्नावली समिति बनाउने जो नियमावलीमा व्यवस्था छ विकल्पको रुपमा । त्यतातिर प्रवेश गर्नु आवश्यक छ भने अर्कोतिर संगसंगै तत्कालिन वार्ता र संवादद्वारा कसरी सहमतिका विकल्पहरु केके छन् त्यो कसरी अगाडि बढाउने भन्नेतिर हामी गम्भीर हुनुपर्ने आवश्यकता छ ।
अब दलहरुको बीचमा द्वन्द्व सुरु भएको हो त ?
द्वन्द्व सुरु गर्नु हुँदैन । यो अहिले द्वन्द्व, झगडा गर्ने, बन्द गर्ने देशलाई फेरि आतंकित बनाउने यो क्रियाकलापले जनतामाथि गरेको हाम्रो प्रतिबद्धतामाथि घात हुन्छ । हामी सहमति एकातिर खोज्नुपर्छ भने प्रक्रियामा जाने जो लोकतान्त्रिक पद्धति हो, त्यसलाई अवल्मबन गर्न पनि संवैधानिक नियमामा, नियमावलीलाई पालना गरेर हामी अघि बढनुपर्छ ।
संविधानसभा तनावको वातावरणतिर जाने हो कि ?
होइन, हामीले तनाव तिर जान दिन हुँदैन । तनावतिर जान दिएर संविधानसभामा संविधान निर्माण गर्नको निम्ति नेपाली जनताले प्रतिनिधित्व गरेर हामीलाई पठाएका हुन् । त्यहाँभित्र संवाद र सहमतिद्वारानै लोकतान्त्रिक प्रक्रिया र विधि अपनाएर त्यसको निष्कर्षमा पुग्नुपर्छ । यो युद्धभूमि होइन्, संविधानसभा त्यहाँ नियम कानुन र पराम्परागत मान्यताहरु, विश्वव्यापी रुपले स्वीकृत लोकतान्त्रिक सिद्धान्तहरु त्यसलाई अवलम्बन गरेर सहमतिको बाटो खोज्नुपर्छ ।
के हाम्रो देशमा रक्तपात हुन्छ ? एकिकृत माओवादी र मधेशवादी दलले यहि कुरामा संकेत गरेका छन् ।
यी सबै गलत कुरा हो । रक्तपातपूर्ण संकेत कसैले गरेको छ भने त्यसता धम्कीबाट समस्या समाधान हुँदैन । लोकतन्त्रमा एकातिर विश्वास पनि गर्ने, लोकतान्त्रिक मान्यता कुनै पनि मान्दैनौँ भन्ने कुरा बेठीक हो । प्रक्रियालाई मिचेर लोकतान्त्रिकवादीहरुले जान सक्दैनन् ।
















प्रतिक्रिया