विवेक विश्वकर्मा
भैरहवा,२ माघ । भैरहवामा ट्रकले किचिएर एक महिलाको मृत्यु भएको छ ।
ना ४ ख ४१३७ नम्बरको ट्रकले ठक्कर दिँदा पौष ३० गते रुपन्देहीको पडसरीमा एक महिलाको मृत्यु भएको छ । ट्रक दुर्घटनामा परि मृत्यु भएकी महिलाको अहिलेसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पौष ३० गते बुधबार राती दुर्घटनामा परी मुत्यु भएकी महिलाको सनाखत हुन नसक्दा अनुसन्धानमा ढिलाई भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रमेशकुमार पोखरेलले जनाए । गहुगोरी वर्णकी उचाई अन्दाजी ५ फिटकी महिलाको अहिलेसम्म सनाखत नहुँदा सहयोगको लागी प्रहरी कार्यालयले अनुरोध गरेको छ ।















प्रतिक्रिया