१ कार्तिक २०८३, आइतबार

संविधान आउने बाटो खुल्यो, ४१३ सभासदले बुझाए संविधानसभा अध्यक्षलाई हस्ताक्षर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sambidhan

काठमाडौँ, २ माघ । दलहरु विवादमै अल्झिरहेका बेला काँग्रेस, एमाले लगायतका दल सम्बद्ध ४१३ जना सभासद्ले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई आफ्नो हस्ताक्षर बुझाएका छन् ।

आगामी माघ ८ गते संविधान जारी हुनुपर्ने माग गर्दै सभासदहरुले शुक्रबार सामूहिक हस्ताक्षर बुझाएका हुन् ।

राष्ट्रिय जनमोर्चाका सभासद् चित्रबहादुर केसीको नेतृत्वमा गएको टोलीले तत्काल प्रक्रियामा गएर संविधान जारी गर्नुपर्ने माग गर्दै हस्ताक्षर बुझाएको एमालेका सभासद् प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

हस्ताक्षर गर्नेमा काँग्रेसका २०१, एमालेका १८२, राप्रपाका १३, नेकपा मालेका तीन, राष्ट्रिय जनमोर्चाका तीन, नेकपा संयुक्तका तीन, परिवार दलका दुई र अखण्ड नेपाल पार्टी, जनजागरण पार्टी, नेपाली जनता दल, बहुजन शक्ति पार्टीका एक÷एकजना र स्वतन्त्र दुईजना सभासद् रहेका छन् । तर काँग्रेस र एमालेका शीर्ष नेताहरुले भने त्यसमा हस्ताक्षर गरेका छैनन् ।

सभासद्हरुको हस्ताक्षर बुझ्दै सभाध्यक्ष नेम्वाङले दुई घन्टामा सहमति हुन्छ भन्ने प्रमुख दलका शीर्ष नेताहरुले अहिलेसम्म सहमति गर्न नसक्नु दुःखको कुरा भएको बताउनुभयो ।

उहाँले दलहरुबीच सहमति भए सबै प्रक्रिया निलम्बन गरेर माघ ८ गते संविधान जारी गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

“सहमति हुने हो भने संविधान जारी हुन सक्छ, प्रक्रियामा जाने हो भने बाँकी रहेको छ दिनमा संविधान जारी हुन सक्दैन” – सभाध्यक्ष नेम्वाङले भन्नुभयो ।