
काठमाडौँ, २५ साउन । चाचान ग्रुपबाट संचालित त्रिशक्ति सिमेन्टमा गुणस्तर कम पाइएको छ । गुणस्तर तथा नाप तौल विभागले जाँच गर्दा सिमेन्टमा गुणस्तर कम भेटिएको हो ।
सिमेन्टमा अद्युल्य पदार्थको मात्रा बढी भएपछि १ महिनाको लागि विक्रि वितरणमा रोक लगाइएको छ । त्रिशक्ति सिमेन्टमा अद्युल्य पदार्थको मात्रा बढी भएको पाइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।
जाँचका क्रममा सिमेन्ट गुणस्तरहिन भेटिएपछि विभागले २ पटकसम्म उद्योग प्रशासनलाई जानकारी गराएको थियो । अटेर गरेपछि सिमेन्ट विक्री वितरणमा रोक लगाइएको पुडासैनीले बताए । त्रिशक्ति सिमेन्ट पर्सामा रहेको छ ।
त्यस्तै विभागले जाँचका क्रममा २ वटा उद्योगका पाइप पनि विक्री वितरणमा रोक लगाएको छ । बुटवलको नव नेपाल पाइप र बाराको नारायणी पाइपमा गुणस्तर कम भेटिएपछि विक्री वितरणमा रोक लगाइएको विभागले जनाएको छ ।















प्रतिक्रिया