
काठमाडौं । ‘बिग बोस सिजन-१२’ काे चर्चा सुरु हुन थालिसकेको छ । यसपटक पनि बलिउड सुपरस्टार सलमान खानले होस्ट गर्नेछन् । तर, यस सिजन सलमान खानले आफ्नो लुक बदल्नुपर्नेछ । ‘बिग बोस-१२’ का लागि सलमानले १२ किलोग्राम तौल घटाउनुपर्नेछ । क्यामेराको प्रकृति हेरेर उनले वजन कम गर्नुपर्ने बुझिएको छ । स्मरण रहोस्, यस सिजन बिग बोस सेप्टेम्बर १२ बाट अन एयर हुन सक्छ ।
एक वेवसाइटको रिपोर्ट अनुसार सलमान खानको हालै रिलिज भएको फिल्ममा उनको शरीरको तौल बढेको देखिन्छ । बलिउड पण्डितहरुका अनुसार सलमानको तौल बढेको र १२ किलोग्रामसम्म घटाउनु पर्नेछ ।
सलमान क्यामेराको फ्रेम क्लोज छन् । तर, सलमानले तौल घटाउन चाहेको बताइएको छ । यतिबेला सलमान फिल्म ‘भारत’का लागि माल्टामा छन् ।















प्रतिक्रिया