२ कार्तिक २०८३, सोमबार

तामाकोशीको सेयर आवेदनका लागि म्याद थप

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण सेयर आवेदनका लागि एक साताको म्याद थप भएको छ ।

राजधानीमा बस्दै आएका दोलखाका बासिन्दाका लागि शुक्रबारसम्मको समयावधि भए पनि एक साताको म्याद थप गरिएको हो । थप गरिएको अवधिअनुसार आगामी भदौ १ गतेसम्म राजधानीमा सेयर आवेदन दिन सकिनेछ । यही साउन १६ गतेदेखि २५ गतेसम्म राजधानीमा आवेदन दिन पाउने अवधि भए पनि आवेदकको भीड बढेकाले एक साताको समयावधि थप गरिएको आयोजनाले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरीले आजै एक साता समय थप गरिएको जानकारी दिए । ‘स्थानीय बासिन्दा, आयोजना र बिक्री प्रबन्धकको बोर्डले एक साताको अवधि थप गरेको छ, बिक्री प्रबन्धकले शुक्रबार सूचना प्रकाशित गरेर जानकारी देलान् ।’

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले राजधानी काठमाडौँमा उत्साहप्रदरुपमा सेयर आवेदन भइरहेको बताए ।

उनका अनुसार बुधबार साँझसम्म करीब ४५ हजारले आवेदन गरेको जानकारी बिक्री प्रबन्धकले गराएको छ । बुधबार एकैदिन १५ हजारले सेयर आवेदन गरेका थिए । आज पनि बैंक तथा वित्तीय संस्थामा ठूलो भीड लागेका कारण करीब १५ हजारको थप आवेदन परेको हुनसक्ने उनको भनाइ छ । बुधबार अबेरसम्म ९७ करोड ८६ लाख बराबरको आवेदन परेको छ । आज कतिको आवेदन प¥यो भन्नेबारेमा शुक्रबार मात्रै जानकारी प्राप्त हुनेछ । आयोजनाले स्थानीय बासिन्दाका लागि एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता शेयर बिक्री गर्न लागेको थियो । सरकारी नियमानुसार स्थानीय बासिन्दालाई १० प्रतिशत शेयर बिक्री गरिन्छ । -रासस