२ कार्तिक २०८३, सोमबार

साँगामा मेगा बैंकको शाखा रहित बैंकिङ्ग सेवा शुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । मेगा बैंक नेपाल लिमिटेडले काभ्रेपलाञ्चोकको साँगामा शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।

ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच विस्तार गर्ने उद्धेश्यले उक्त सेवाको विस्तार गरिएको बैंकले जनाएको छ ।

शाखा रहित बैंकिङ्ग सेवाको एक कार्यक्रमकाबीच बैंकका सहायक महाप्रबन्धक मनोज खड्का र प्रमुख अतिथी जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धब के.सी. ले संयुक्त रुपमा उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै सहायक महाप्रबन्धक खड्काले मेगा बैंकको हलो देखि हाइड्रो भन्ने नारालाई चरितार्थ गरी ग्रामीण क्षेत्रका जनताहरुलाई बैकिङ्ग सेवा प्रदान गर्नको लागि शाखा रहित बैंकिङ्ग सेवा शुरुवात गरिएको बताए ।

कार्यक्रममा प्रमुख अतिथी एवम् जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव के.सी.ले मेगा बैंकको शाखा रहित बैंंकिङ्ग सेवालाई काभ्रे जिल्लामा स्वागत गर्दै बैंकले अझ विकट क्षेत्रहरुका वासिन्दाहरुलाई सेवा दिन सक्नुपर्ने बताएका थिए ।

बनेपा नगरपालिका वडा नं. १३ र १४ का वडाध्यक्ष द्धय श्री सूर्यनारायण नापित र गौरी राउत, नेपाल प्रहरी विद्यालयका समादेशक श्यामकृष्ण अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले कार्यक्रममा शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमको अवसरमा मेगा बैंक निजी बैंकहरुमध्ये पूजीको हिसावले दोश्रो ठूलो बैंक भएको र बैंकको शाखा सञ्जाल हाल १०१ वटा रहेको साथै देशभर ११९ वटा शाखा रहित बैंकिङ्ग सेवा खोली सेवा दिएको जानकारी गराईएको थियो ।