
काठमाडौं, २४ साउन । बलिउड सुपरस्टार आमिर खानको आगामी फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ यतिबेला लाइमलाइटमा छ । यसैबीच फिल्ममा २५ पाकिस्तानी जुनियर कलाकारको अभिनय हुने खबर बाहिरिएसँगै फिल्मको चर्चा व्यापक छ । फिल्मको शूटिङ माल्टामा भइरहेको छ ।
माल्टामा ठूलो संख्यामा पाकिस्तानी रहेको र त्यहीँ उनीहरुलाई एन्ट्री दिन लागिएको भारतीय सञ्चारमाध्यम हिन्दी डट न्यूज ट्वान्टी फोरले जनाएको छ । ‘ठग्स अफ हिन्दुस्तान’लाई आमिर खानका फ्यानहरुले निकै नै प्रतिक्षा गरिरहेका छन् । अमिताभ बच्चन र आमिर खानको यस फिल्मका लागि दुई लाख किलोग्राम तौल भएको दुई ठूला जहाज बनाइँदै छ । बताइएअनुसार यस जहाजमा हजारभन्दा बढी मानिसले बनाउँदै छन् । यस फिल्ममा समुद्र र जहाजलाई विशेष रुपमा देखाइनेछ ।
यस फिल्मलाई हलिउड स्टाइलले बनाइँदै छ । आमिर खानले फिल्मका लागि पछिल्लो दुई वर्षदेखि मेहनत गरिरहेका छन् ।















प्रतिक्रिया