
काठमाडौं, २३ साउन । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले लिलाममा रहेका सेयरमा आवेदन दिने आज अन्तिम रहेको छ ।
लिलामी सेयर भर्न चाहने लगानीकर्ताले आजै अर्थात बुधबार आवेदन दिनु पर्नेछ । इन्स्योरेन्स कम्पनीले यही साउन १६ गतेदेखि हकप्रदमा बिक्री नभएको संस्थापक समूह अन्र्तगत तीन हजार २ सय ८९ कित्ता सेयर लिलामीका लागि खुला गरेका हो । त्यस्तै सर्वसाधारण समूह अन्तर्गत रहेका एकहत्तर हजार हजार ९५ कित्ता सेयर पनि लिलामीमा राखेको छ ।
लगानीकर्तालाई कम्पनीले लिलामीका कम्तीमा प्रतिकित्ता एक सय रुपैयाँ तोकेको छ । बढीमा लगानीकर्ताले जति पनि रकम बोलकबोल गर्न सक्छन् ।
सेयर लिलामीका लागि लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल र सूर्या लाइफको वीरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा र अन्य शाखाबाट आवेदन दिन पाउनेछन् ।















प्रतिक्रिया