
काठमाडौँ, २२ साउन । एनआईसी एशिया बैंक लिमिटेडले तनहुँ जिल्ला, म्याग्दे गाउँपालिकाको जामुने बजारमा आपm्नो सोह्रौं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।
बैंकले म्याग्दे गाउँपालिकाको जामुने बजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको मंगलबार तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका उपाध्यक्ष सुक नारायण मल्लले उदघाटन गरे । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा बैंकले रोविन श्रेष्ठलाई नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोवारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोवारको विकास हुने विश्वास बैंकले लिएको छ ।
यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोवार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।
शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा बैंकले वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ ।
मुलुकभर २३५ शाखा, २२४ एटिएम, १४ वटा एक्स्टेन्सन काउजटर एवं १६ वटा शाखारहित बैंकिङ मार्फत एनआईसी एशियाले सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार रु १७६ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु. १२० अर्ब र कुल निक्षेप करिब रु. १४९ अर्ब पुगिसकेको छ । हालसम्म बैंकमा ग्राहकहरुको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।
यो सँगै वासलात, कुलकर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको बैंकले जनाएको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको पनि दाबी गरेको छ ।















प्रतिक्रिया