२९ आश्विन २०८३, बिहिबार

बैंककमा ओली र ढकालको भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oli-Yeknath-dhakal

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा सभासद एकनाथ ढकालले एमाले संसदीय दलका नेता केपी ओलीसँग भेट गरेका छन् ।

बैंककको बुम्रुन्ग्राड हस्पिटलमा उपचार गरिरहेका नेता ओलीलाई भेटी अध्यक्ष ढकालले नेपाल परिवार दलको तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना गरे । अध्यक्ष ढकालले नेपालमा नेता ओलीको उपस्थितिको अभावको अनुभूति भैरहेको र स्वास्थ्य लाभका साथ छिटो नेपाल फर्कने बिश्वाश ब्यक्त गरे नेता ओलीले नेपालको समसामयिक राजनीति र संबिधान लेखनको बारेमा सभासद ढकालसँग जानकारी लिएका थिए ।

अध्यक्ष ढकालले नेता ओली देशको महत्वपूर्ण नेता भयकोले पार्टीको तर्फबाट स्वास्थ्य लाभको कामना गर्न बैकक आएको बताउँदै नेता ओली हस्पिटलको बेडमा पनि देशकै बारेमानै सोचेर बस्ने गरेको बताए । नेता ओलीको स्वास्थ्य क्रमिक सुधार भइ रहेको छ ।

अध्यक्ष ढकाल आइतबार नेपाल फर्कदै छन् ।