कृष्ण आचार्य
बर्दिया, २ पुस । बर्दियामा हात्ती धपाउने क्रममा गएराती ट्याक्टरले किचेर एकजनाको ज्यान गएको छ ।
उखुफर्ममा उखु खान आएको हात्ती धपाउने क्रममा भे १ त ४८५० नम्वरको ट्याक्टरले किचेर राजापुर नगरपालिका १३ का ४६ बर्षीय रामप्रसाद चौधरीको ज्यान गएको हो । हात्ती लखेट्ने क्रममा तीब्र गतिको ट्याक्टरबाट खसेर गम्भीर घाइते चौधरीको अस्पताल लैजादै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ । मृतक चौधरी आफैले ट्याक्टर चलाएका थिए ।















प्रतिक्रिया