१ कार्तिक २०८३, आइतबार

जोरपाटी लायन्स एकेडेमीको सहयोगार्थ सांगीतिक कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lions-academy

काठमाडौं, २ माघ । अत्यन्त विपन्न वर्गका विद्यार्थीहरु अध्ययनरत जोरपाटी लायन्स एकेडेमीको सहयोगार्थ राजधानीमा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा अञ्जु पन्त, मल्लिका कार्की, तुलसी पराजुली, रेजिना रिमाल सुरेश अधिकारी, महेश खड्का, लक्ष्मण शेष लगायतका संगितकर्मीहरुले आ–आफ्ना नयाँ तथा पुराना चर्चित गीत प्रस्तुत गरेका थिए । जय नेपाल कला केन्द्रका कलाकारहरुको समेत प्रस्तुती रहेको कार्यक्रममा जोरपाटी लायन्स एकेडेमीका विद्यार्थीहरुले पनि आर्कषक नृत्य प्रस्तुत गरेका थिए । वरिष्ठ चिकित्सक डाक्टर भोला रिजालले उद्घाटन गर्नु भएको कार्यक्रममा लायन्स एकेडमीको निर्माणमा महत्वपुर्ण योगदान पु¥याउनु भएका पुर्व सभासद चक्रबहादुर ठकुरीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा अग्रज लायन्सहरु सुनीलभक्त श्रेष्ठ, कुमारराज सुवेदीसहित निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन, निवर्तमान अध्यक्ष जयराम लामिछाने, वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठ लगायतले एकेडेमीलाई सहयोग गर्ने विभिन्न महानुभावहरुलाई सम्मान गर्नु भएको थियो । संगीतकार संघ नेपालसँगको सहकार्यमा एकेडेमीको सहयोगार्थ आगामी दिनमा फेरि पनि यस्ता कार्यक्रम गरिने कार्यक्रम संयोजक आनन्द बरालले जानकारी दिनुभयो । कक्षा पाँच सम्म संचालनमा रहेको एकेडेमीमा विपन्न वर्गका दुई सय भन्दा बढी अध्ययनरत छन् ।