
काठमााडौँ, २१ साउन । विगत तिन दिनदेखि स्थिर रहेको सुनको मूल्यमा सोमबार भने सामान्य बृद्धि भएको छ ।
आइतबार प्रतितोला ५६ हजार रुपैयाँ रहेको सुनको मूल्य सोमबार प्रतितोला ५६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन भने ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोलामा ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।















प्रतिक्रिया