५ कार्तिक २०८३, बिहिबार

शिल्पासँग सलमानको रोमान्स !

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २१ साउन । केही समयअघि चर्चित भारतीय शो बिग बोस सिजन ११ को उपाधि शिल्पा शिंदेले जितिन् । सलमानले मन पराएको प्रतियोगीले उपाधि हात पारेको त्यो पहिलो क्षण हो । भारतीय सञ्चारमाध्यमहरुले सलमान र शिल्पाबारे फलोअप गरिरहेका छन् ।

सञ्चारमाध्यमका अनुसार बिग बोस अघि र पछि उनीहरु निकट छन् । बताइएअनुुसार सलमानले शिल्पालाई काम मिलाइदिने बाचा गरेका छन् । हालै शिल्पा सलमानको शो दसका दम २ मा पुगेकी छन् ।

शो मा शिल्पासँगै टिभी अभिनेता करण पटेल पनि थिए । यस शोमा सबैले जमेरै मस्ती गरे । शो को एक भिडियो बाहिर आएको छ । उक्त भिडियोमा सलमान शिल्पासँग रोमान्स गर्दैगर्दा देखिएका छन् ।

सार्वजनिक भिडियोमा सलमान र शिल्पाले प्रेमको एक टास्क गरेका छन् । -एजेन्सी