
काठमाडौं, २० साउन । एनआई सीएशिया बैंक लिमिटेडले क्युआर् कोड पेमेन्ट सेवाको सुरुवात् गरेको छ ।
जस अन्तर्गत ग्रहाकहरुले अब क्युआर् कोड मार्फत भुक्तानी गर्न सक्नेछन् । यो सेवा आईतबारबाट सञ्चालनमा आएको छ ।
यो सेवा बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले प्रयोग गरि उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकको एप मार्फत प्रयोग कर्ताले कोड अनुरोध गर्न सक्ने र सोही अनुसार भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।
मर्चेन्टले भुक्तानी काउण्टरमा क्युआर् कोड भएको स्टिकर पनि राख्न सकिने त्यसलाई एमओ पे प्रयोग गरी स्क्यान गरेर भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंक यो सेवा नेपालमा सुरु गर्ने पहिलो बैंक भएको दाबी गर्दै यो सेवाबाट व्यवसायी तथा ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास गरेको जनाएको छ ।















प्रतिक्रिया