८ कार्तिक २०८३, आइतबार

कांग्रेस र एमाले र विपक्षी मोर्चाबीच खिचडी यथावत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congress-uml-maoistकाठमाडौं, २ माघ । सहमतिको नाममा एमाओवादी नेतृत्वको विपक्षी मोर्चा आन्दोलन चलाएपछि तनावमा रहेका कांग्रेस र एमालेले आज पनि आन्तरिक छलफल गर्दैछन् ।

काठमाडौंमा बस्ने बैठकमा संविधानका विवादित विषय र आजको संविधानसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने स्रोतले जनाएको छ ।

कांग्रेस र एमाले तथा एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले दैनिक सरह रणनीति बनाउँदै आएका छन् ।

विपक्षी मोर्चाले सहमतिमा संविधानभन्दै सडक र सदनबाट प्रतिकार गर्ने जनाएपछि कांग्रेस र एमालेले त्यसलाई चुनौतीका रुपमा लिएका छन् ।