२९ आश्विन २०८३, बिहिबार

माघ आठसँग डरायो मुनालको ‘इच्छा’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ichha Nepali Movi Munal Ghimireकाठमाडौं । ‘इच्छा’ फिल्म शुक्रबारदेखि प्रदर्शनमा आउने भने पनि नयाँ संविधान जारी हुने माघ आठको मितिका कारण रिलिज मिति सरेको छ ।

निर्माण युनिटले २ माघबाट प्रदर्शन गर्ने प्रचारप्रसार गर्दै आएको थियो ।

संविधानका नाममा विभिन्न राजनीतिक दलले घोषणा गरेका बन्द तथा हडतालका कारण फिल्म प्रदर्शन स्थगित गरिएको निर्देशक मुनाल घिमिरेले बताएका छन् ।

मोफसलका हलमा माघ १ र २ गतेदेखि राजधानीमा प्रदर्शन गर्ने तयारी गरिएको भए पनि लास्ट आवरमा आएर फिल्म रिलिज नगर्ने निर्णय गरिएको हो ।

‘बन्द र हडतालका कारण फिल्म रिलिज गर्न उचित मानेनौँ,’ निर्देशक मुनाल भन्छन्, ‘अब कहिले रिलिज गर्ने भन्नेबारे छलफल गरिरहेका छौँ ।’ उनले इच्छाको नयाँ रिलिज डेट केही दिनमै फाइनल हुने बताए ।

पुरानो र नयाँ पुस्ताबीच विचारको भिन्नताका विषयमा निर्माण गरिएको लभस्टोरी फिल्म इच्छाका निर्माता प्रकाश घिमिरे, रोम ओली, नवीन श्रेष्ठ र लक्ष्मण पौडेल हुन् ।

फिल्ममा सुवास थापा, दयाहाङ राई, दीपशिखा शाही, ओम प्रतीक, देशभक्त खनाल, आयुष्मा कार्की, रश्मि भट्टलगायतको अभिनय छ ।