२१ कार्तिक २०८३, शनिबार

पाल्पामा जिप दुर्घटना, दुई बेपत्ता-उद्धारमा समस्या

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, १९ साउन । पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेमा शनिबार साँझ जिप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा तानसेन नगरपालिका–१० का २५ वर्षीय विवेक पौडेल र टंक चलाउने रहेका छन् । चलाउनेको ठेगाना अझै खुल्न सकेको छैन ।

ठिमुरेको नेटा बजारदेखि तानसेन आउँदै बा१च ८९७० नंको टोयटा जिप धारदीगैरामा दुर्घटना भएको हो । गाडी सडकदेखि करीब ७० मिटर तल खस्दा बेपत्ता बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रिब्दीकोट गाउँपालिका–६, वडाध्यक्ष तुलबहादुर जिसीका अनुसार घटनास्थल निकै अप्ठ्यारो स्थानमा भएकाले उद्धारमा कठिनाई भएको छ । आइतबार बिहान ५ बजेदेखि नै उद्धार कार्य जारी राख्ने उहाँले जानकारी दिनुभयो । –रासस