१ कार्तिक २०८३, आइतबार

‘संविधानसभा अध्यक्ष, कांग्रेस र एमालेलाई नियमावली बाधक’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Subash Nembang & Puspakamal Dahalकाठमाडौं, २ माघ । एमाओवादी र मधेशीसहितका विपक्षी दलहरुले आफ्नो सहमतिबिना संविधान निर्माण प्रक्रिया अघि बढ्न नसक्ने भन्दै त्यसो गरे प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले कांग्रेस, एमालेसहितको सत्तापक्षले बिना सहमति प्रक्रिया अघि बढाउन गरेको तयारी संविधानसभा नियमावली बिपरित हुने दावी गरेका छन् ।

संविधानसभाको संवाद समितिले पेश गरेका प्रतिवेदनमा छलफल हुने अघिल्लो दिन बिहीबार बसेको बिपक्षी दलको बैठकले कार्यब्यबस्था परामर्श समितिको निर्णयबिना प्रक्रिया अघि बढ्न नसक्ने ठहर गरेको  समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । ।

संवाद समितिका सभापति बाबुराम भट्टराईले आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनले सहमतिको संभावना अझै देखाएको उल्लेख गर्दै संविधानसभामा त्यसमाथि छलफल सुरु भए पनि सहमति प्रयास जारी रहने बताए ।

कार्यब्यवस्था परामर्श समितिको निर्णयअनुसार संविधानसभा कसरी अघि बढ्छ भन्ने टुंगो लाग्नेछु उनले भने, सभामुख आफै कानुनबिद भएकाले संविधानसभा नियमावली बिपरित जानुहुन्छ जस्तो लाग्दैन ।

उनले नियमावलीमा प्रश्नावली बनाउने व्यवस्था संवाद समितिमा मात्र भएको र त्यसैका लागि अर्को समिति बनाउन नमिल्ने बताए ।

बहुमतीय प्रक्रियामा जाने हो भने पनि नियमावली अनुसारै जानु पर्ने हुन्छु उनको भनाइ छ ।

उनले बिगत जनआन्दोलनका सहयात्री दलहरूबीच सहमतिको विकल्प बन्द भए मुलुक संकटतर्फ लग्ने बताए ।

संवाद समितिको प्रतिवेदनमा छलफल अघि बढाउँदा पनि सहमति प्रयास जारी राख्नुपर्छ उनले भने ।