काठमाडौँ, १ माघ । संयुक्त राष्ट्रसङ्घका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फेल्ट्म्यान नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज बिहान न्युयोर्कतर्फ प्रस्थान गर्नुभयो ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसङ्घ महाशाखाका प्रमुख ताराप्रसाद पोखरेल, नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयका आवासीय समन्वयकर्ता जिमी म्याक्गोल्डरिकका साथै परराष्ट्र मन्त्रालय र राष्ट्रसङ्घीय कार्यालयका उच्च अधिकारीहरुले बिदाइ गर्नुभयो ।
उपमहासचिव फेल्ट्म्यानले प्रधानसेनापतिसँग शान्ति सेनामा रहेर नेपाली सेनामा गरेको योगदानको प्रशंसा तथा महासचिव अर्जुनबहादुर थापासँग सार्क र संयुक्त राष्ट्रसङ्घबीचको सहकार्यको विविध पक्षमा छलफल गर्नुभएको थियो ।
यहाँ रहँदा उपमहासचिव फेल्ट्म्यानले राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) का अध्यक्ष केपी ओली तथा मधेस केन्द्रित विभिन्न दलका नेता, प्रधानसेनापति गौरव शम्शेर जबरा, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव अर्जुनबहादुर थापासँग बेग्लाबेग्लै भेटेर संविधानको अपरिहार्यता र विकासका विविध विषयमा महासचिव बानको सन्देश सुनाउनुभएको थियो ।















प्रतिक्रिया