१० कार्तिक २०८३, मंगलबार

राष्ट्रिय सहकारी बैंकले दियो कर्मचारीलाई सेवा प्रवेश तालिम

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । राष्ट्रिय सहकारी बैंक लिमिटेडले नवनियुक्त सहायक अधिकृत र कनिष्ट सहायक पदका कर्मचारीहरुलाई तालिम दिएको छ ।

बैंकले सञ्चालन गरेको ७ दिने सेवा प्रवेश तालिम बिहीवार सम्पन्न भएको हो ।

केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रमा सञ्चालित तालिम समापनका क्रममा बोल्ने वक्ताहरुले सहकारी बैंक संस्थागत विकाससंगै समग्र सहकारी अभियानलाई माथि उठाउनका लागि बैंकका कर्मचारीहरुको भूमिका प्रभावकारी हुनु पर्नेमा जोड दिएका थिए ।

कार्यालय समयमा सहकारी बैंकको कर्मचारीको भूमिका निर्वाह गर्नुका साथै सहकारी अभियानलाई प्रभावकारी बनाउनका लागि जुनसुकै अवस्थामा पनि तयार रहनु पर्नेमा वक्ताहरुले जोड दिए ।

बैंकका प्रवन्ध सञ्चालक के.बी. उप्रेतीले नियुक्त एउटा प्रक्रिया भएको र अब कार्यक्षेत्रमा गरिने कामबाट मात्रै कर्मचारीहरुको सही मूल्यांकन हुने बताए ।

कार्यक्रममा केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रका प्राचार्य भरतप्रसाद आचार्यले सहकारीलाई व्यवसायिक रुपमा अगाडि बढाउन राष्ट्रिय सहकारी बैंकका कर्मचारीहरुको भूमिका प्रभावकारी हुने बताए ।

सहकारी बैंकले सहायक अधिकृत र कनिष्ट सहायक गरी ७४ जना नयाँ कर्मचारी नियुक्त गरी विभिन्न शाखा र केन्द्रीय कार्यालयमा कामको जिम्मेवारी प्रदान गरेको हो ।