२१ कार्तिक २०८३, शनिबार

साउदीको जेलमा रहेका नेपाली युवालाई बचाउन ऊर्जामन्त्रीले गरे सहयोग

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुुनले साउदीको जेलमा रहेका एक नेपाली युवालाई बचाउन एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका रोल्पाका दिलबहादुर घर्तीमगर विगत दुई वर्षदेखि त्यहाँको जेलमा छन् ।
दिलबहादुरको लागि त्यहाँको अदालतले तोकेको ब्लडमनी तिरेर जेलबाट निकाल्न ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’ सञ्चालन भइरहेका बेला ऊर्जामन्त्री पुनले सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

वाइसियल नेपाल जिल्ला कार्यसमिति रोल्पाले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सहयोग हस्तान्तरण गर्दै मन्त्री पुनले भने, ‘दिलबहादुरको रिहाइ र नेपाल ल्याउन कुटनीतिक पहल गरिनेछ ।’

अभियानमा रोल्पा वाइसियलले नेतृत्वदायी भूूमिका खेलेकोप्रति प्रशंसा व्यक्त गर्दै मन्त्री पुनले सहयोगी हात, मनलाई धन्यवाद दिए ।

दिलबहादुरले चलाएका ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किन आउँदा एक साउदी नागरिकको मृत्यु भएपछि अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाइ मृतकका परिवारलाई २ लाख २५ हजार रियाल करिब ६५ लाख रुपैयाँ क्षतिपूर्ति दिन फैसला गरेको थियो ।